“”

लमजुङमा एमाले र माओवादी केन्द्रको तालमेल, तीनजना निर्विरोध

बिहिबार, बैशाख २१, २०७४



लमजुङ । स्थानीय तह निर्वाचनका क्रममा लमजुङका तीन स्थानमा निर्विरोध भएका छन् । चुनावमा गठबन्धन गरेर अघि बढेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

नेकपा (एमाले) तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै निर्विरोध हुनुभएको हो । सोही वडामा एमालेबाटै उम्मेदवारी दिनुभएको अर्का खुल्ला सदस्य पनि निर्विरोध भएकाछन् ।

खुल्ला दुई चाहिनेमा एमालेबाट दुईजनाको मात्र उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसका तर्फबाट एकजनाले उम्मेदवारी दिए । काँग्रेसबाट उम्मेदवारी परेका अर्का एक सदस्यको योग्यता नपुगेपछि उम्मेदवारी रद्द भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दूधपोखरी गाउँपालिका–४ इलमपोखरीनेकपा (माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भएकिछिन् । वैशाख २२ गते निर्वाचन चिह्न वितरणको समयमा निर्विरोध हुने सदस्यको नाम टुङ्गो लाग्ने कार्यालयले जनाएको छ ।

टिकट नपाएपछि सभापति नै स्वतन्त्र

यसैगरी, स्थानीय तह चुनावका लागि नेपाली काँग्रेस नगर सभापति नै स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । नेपाली काँग्रेस सुन्दरबजार नगर कार्यसमितिका सभापति द्वारिका मिश्रले नगर प्रमुख पदका लािग आफ्नो प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेपाली काँग्रेसले आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि मिश्रले आफ्नो सेट बनाएर उम्मेदवारी दर्ता गर्राका हुन् । ११ वडा रहेको सुन्दरबजार नगरपालिकामा मिश्र पक्षबाट उपप्रमुखमा रामचन्द्र अधिकारी र १० वटै वडामा सबै पदाधिकारीसहितको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा बद्रीमान श्रेष्ठलाई अघि सारेको छ भने उपप्रमुखमा ज्ञानु शाहले उम्मेदवारी दिएकाछन् । त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका जनकराज मिश्रलाई प्रमुख र उपप्रमुखमा माओवादीकी शान्ता भुजेलले उम्मेदवारी दर्ता गराएकाछन् ।

यस्तै, राप्रपाका तर्फबाट प्रमुखमा पार्वती वाग्ले, उपप्रमुखमा नवराज बसौला रहेकाछन् । यसैगरी, नयाँ शक्ति र सङ्घीय समाजवादी गठबन्धनबाट उपप्रमुखमा ऋषि पोख्रेलले मनोनयन दर्ता गराएका छन् ।

2992 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank