यस्तो छ एमाले सांसदहरुको हस्ताक्षरको भित्री रहस्य

शुक्रबार, बैशाख २२, २०७४

loading...

- बालकुमार नेपाल



काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले बिहीबार  आफ्ना संसदको हस्ताक्षर संकलन गरेको छ। तर त्यो हस्ताक्षरको प्रयोजन भने खुलाइएको छैन । संसदीयदलमा सांसदहरुको हस्ताक्षर सुरक्षित रहन्छ। तर कतिपय हस्ताक्षरमा फोटोकपिले काम गर्दैन । स्रोतका अनुसार एमालेसग सांसदहरुको ओर्जिनल हस्ताक्षर संसदीय दलमा सुरक्षित थिएन । यस  अघि तयार गरेको सो हस्ताक्षर   तत्कालिन  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाभियोग  प्रस्तावमा खर्च भएको थियो ।  एमालेले जे दावी गरेपनि अहिले  निलम्बित प्रधानन्यायधीश शुसिल कार्की र निलम्बित नायव प्रहरी महानिरीक्षक नवाराज सिलवाल माथि भएका गतिविधिलाई केन्द्रित गरेर रणनिीति तयार गर्ने तयारीमा  एमाले रहेको स्रोतको दावी छ।
सरकारले प्रधानन्यायधीश शुसिला कार्की विरुद्ध ल्याएको महाभियोग प्रस्तावको अर्थ पनि एमालेले राम्रोासग बुझेको छ। त्यसैले सरकारसग बुझ्ने भाषायमा ट्याकल गर्ने मु्डमा एमाले रहेको छ।
वर्तमान कार्यबाहक प्रधानन्यायधीश गोपाल पराजुली माथि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख लोकमानसिंह कार्कीको अनुहार देख्छ एमाले। त्यसैले पराजुलीको गतिविधि पर्ख र हेरको राणनीतिमा एमाले रहेको छ ।
शुसिला कार्की विरुद्धको अविश्वास प्रस्ताव पारित हुन्छ भनेर सरकारले संसदमा ल्याएको होइन। उसले त बैशाख १९को खड्को टार्न का लागि दर्ता गराएको थियो।  जुन दिन सिलवालको पेशी तय भएको थियो। सरकारले बारम्बार लखेटेका नायव प्रहरी महानिरीक्षक नवराज सिलवाललाई न्याय दिने प्रयास गरेको थियो अदालतले । यसबाट सरकारको मुख चाउरिएको थियो। जसरी एयरपोर्टमा तस्कारीको सेटिङमा सरकार बेला बेला सामेल हुन्थ्यो त्यसैगरी न्यायको तस्करीको सेटिङमा सामेल भयो सरकार । शुसिला कार्की विरुद्धको महाभियोग प्रस्तावको असली पक्ष पनि यहि थियो।
सरकारले शिखण्डि बनाउन खोज्यो पराजुलीलाई
महाभारतमा महिला  माथि कसैले हतियार नचलाउने कौरव र पाण्डवबीच सहमति थियो।  त्यो युद्धका धेरै नियम मध्य यो  एउटा थियो। जव अर्जुनको  गाण्डिव धनुबाट कौरवको सेना माथि बाणको बर्षा भयो  तव रथ चढाएर अगाडि लगाईयो शिखण्डिलाई । त्यस पछि कौरव सेना माथि बाण प्रहार रोकिएको थियो।
तर आफैमा शिखण्डि होइनन् पराजुली । सरकारले उनलाई शिखण्डिका रुपमा अगाडि सार्न खोजे पनि बिपक्षीहरुले उनको लिंग पहिचान गरीसकेका छन । शिखण्डि त खासमा महिला थिएनन्। उनी नपुसंक –तेस्रो लिंगी) थिए। तर पराजुली को हुन भन्ने कुरा एमाले लगायतका दललाई राम्ररी थाहा छ। उनी शुशिला कार्की जस्ता निर्भिक  छैनन् भन्ने त उनका बारेमा आएका समाचारहरुले नै पुस्टि गर्छ। त्यसैले एमालेका बिहीबारको त्यो ओर्जिनल हस्ताक्षर उनले कुनै गडबडी गर्ने बित्तिकै संसदमा अर्को महाभियोग भएर दर्ता हुने छ।
सरकारका लागि गलपासो
एमालेले माथि भने जसरी गोपाल पराजुली विरुद्ध महाभियोग दर्ता गर्यो भने उनी स्वतः निलम्बनान पर्ने छन। सरकार शुशिला कार्की माथिको महाभियोग लम्ब्बाएर उनलाई अदालत टेक्न नदिई घर पठाउन चाहन्छन। उनको म्याद जेठको तेस्रो सातामा सकिन्छ। आफैले उमेर नसच्याएमा अहिलको कार्यबाहक प्रधानन्याधीश पराजुलीले त्यसपछि ५८ दिन त्यो पद सम्हाल्ने छन। तर सरकार अनेक बाहनामा कार्कीको महाभियोग लम्बाएर जेठको २१ पुरयाउन चाहन्छ। सरकारलाई राम्ररी थाह छ  कि यो प्रस्ताव पारित हुदैन। तर त्यस दिन पारित नभए पनि उनको म्याद समाप्त हुने छ। यदि प्रस्ताव पारित गर्ने हिम्मत भए सरकारले संविधान संशोधनको प्रस्ताव पटक पटक  निर्णयार्थ संसदमा पेश गर्नका लागि पछि सार्ने थिएन। त्यर्सैले एमाले कुनै पनि बेला सरकारलाई जवाफ दिन नयाँं हस्ताक्षर हातमा लिएर बसेको छ। कुनै पनि बेला यो संसदमा दर्ता भयो भने  यसलाई अचानक आकस्मिक मान्न जरुरी छैन। किन कि एमाले पनि सरकारसगै खेलको मैदानमा छा।

8190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom