एमालेले जित्यो थप एक नगरपालिका र दुई गाउपालिका

बुधबार, जेष्ठ ३, २०७४



पछिल्लो मतगणनामा अग्रता लिइरहेको एमालेले थप एक नगरपालिका र दुई गाउँपालिकामा आफ्नो जित हासिल गर्न सफल भएको छ  । एमालेले दोलखाको जिरी नगरपालिका, रसुवाको कालिका गाउँपालिका र मकवानपुरको मकवानपुरगडीमा विजय हासिल गरेको छ ।
दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका टंक जिरेल विजयी बनेका हुन् । जिरेलले ३२१२ मत पाएका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४०२ मत पाएका छन् ।

उता, रसुवाको कालिका गाउँपालिकामा एमालेकी सिता पौडेल प्रमुखमा विजयी भएकी छन् । उनी १४५८ मतका साथ विजयी बनेकी हुन् ।
उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका साधुराम पौडेलले १२२५ मत ल्याएका छन् ।

मकवानपुरको मकवानपुरगडी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यहाँ पनि एमालेका विदुर हुमागाईले  जित हासिल गरेका छन् ।

2287 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank