मंगलवार दिउँसो सम्ममा एमाले एक नगर सहित आठ गाउँपालिकामा विजयी

मङ्लबार, जेष्ठ २, २०७४



काठमाडौं । मंगलबार दिउसोसम्ममा नेकपा (एमाले) ले १ नगरपालिकासहित ८ गाउँपालिकामा विजयी भएको छ । एमालेले डोल्पाको ठूलीभेरी नगरपालिकामा प्रमुख नरेन्द्र शाही तथा उपप्रमुख कुमारी थापासहित प्यानलै विजय प्राप्त गरेको छ ।

त्यस्तै जाजरकोटको, डोल्पाको से फोक्सुण्डो तथा काइजे गाउँपालिकामा एमालेका अध्यक्ष तथा उपाध्यक्षसहित प्यानलै विजयी भएको छ । यसैगरी मनाङको नेस्याङ र चामे गाउँपालिकामा पनि एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबैमा विजय प्राप्त गरेको छ ।

मुस्ताङको घरपझोङ, स्याङजाको फेदीखोला, कास्कीको मादीमा पनि एमाले अध्यक्ष उपाध्यक्षसहित जित हासिल गरेको छ । ललितपुरको महांकाल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षसहित सबैमा एमालेले विजय प्राप्त गरेको छ ।

928 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank