मत गणना भइरहेका अधिकांश स्थानमा एमालेको अग्रता

सोमवार, जेष्ठ १, २०७४



आइतबार भएको स्थानीय तह निर्वाचनको मत गणना विभिन्न जिल्ला सुरु भएको छ। अहिलेसम्म प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार अधिकांश स्थानमा   नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्।

काभ्रेको बनेपा, कीर्तिपुर, धादिङको धुनवेशी, मकवानपुरको थाहा, नवलपरासी मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको मादी गाउँपालिकामा एमाले उम्मेद्वारले अग्रता लिएका छन् भने मनाङको चामे गाउँपालिकामा एमालेका लोकबहादुर घले विजयी भइसकेका छन्।

ललितपुर महानगर, रुकुमको मुसिकोट, जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। मओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अग्रता लिएको छ।

2467 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank