मेयरका उम्मेदवारसहित सबै एमालेमा प्रवेश

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । चुनावको मुखमा मेयरका उम्मेदवारसहित सबै एमालेमा प्रवेश गरेका छन् । चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका सबै नेकपा एमाले मा प्रवेश गर्नुभएको छ । नगरपालिकाका विभिन्रन पदमा उम्मेदवारी दिनुभएका उम्मेदवारलाइ एमालेका सचिव योगेश भट्टराईले चाँगुनारायणमा बुधबारआयोजित कार्यक्रममा माला र टीका लगाएर प्रवेश गराउनुभयो ।

नेकपा ९माले० का तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएका साधुराम दाहाल, उपप्रमुखकी उम्मेदवार लक्ष्मी मगराती, वडा नम्बर चारका अध्यक्ष रामराज मगराती, सदस्य हरीशरण मिजार, विदुर मिजार, अजय मगराती र सिता मिजार एमालेमा प्रवेश गर्नुभएको हो । त्यस्तै गरी वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार सुरज बयलकोटी, इश्वर बयलकोटी, प्रकाश मगराती, राजाराय बयलकोटी एमाले प्रवेश गर्नुभयो । यसैगरी रमेश बुढाथोकी पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

नव प्रवेशीहरूले नेकपा ९एमाले० मात्रै अबको सच्चा देशभक्त र नेपालीको भावनाको कदर गर्ने पार्टी भएको बताउनुभयो ।

नेता भट्टराईले चाँगुनारायणमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सोम मिश्र बौद्विक र जनताबीच चर्चित उम्मेदवार भएको बताउनुभयो । उहाँले कांग्रेसले पैसाका भरमा जनता प्रभावित पार्न खोजे पनि एमालेको जीत निश्चित भएको बताउनुभयो । एमालेले युवा, महिला, दलित तथा अन्य वर्ग र समुदायको हितमा संधै काम गर्ने भएकोले एमाले जनताको सच्चा पार्टी भएको बताउनुभयो । उहाँले एमालेले सरकार चलाउन पाए नेपाललाई समृद्व र सुन्दर बनाउने बताउनुभयो ।

मेयरका उम्मेदवार सोम मिश्रले नगरकोट तथा चाँगुनारायणजस्तो सुन्दर र एेतिहांसिक ठाउँ एमालेले देशकै सुन्दर र आकर्षक गन्तबन्य बनाउने बताउनुभयो ।

35214 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank