एमाले मेयरका उम्मेदवारको प्रतिवद्धता काठमाडौं महानगरमा कामकाजको भाषा दुईवटा

शुक्रबार, बैशाख २२, २०७४



काठमाडौँ । नेकपा (एमाले) का काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने लगायत सम्पदा र संस्कृतिसम्बन्धी आफ्नो कार्ययोजना अघि सार्नुभएको छ ।
उहाँले नेपालको मौलिक सम्वतको रुपमा रहेको नेपाल सम्वतलाई पनि प्रचलनमा ल्याइने प्रतिवद्धता जनाउनुभएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव समेत रहनुभएका उम्मेदवार शाक्यको संस्कृति र सम्पदासम्बन्धी प्रतिवद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरीको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने उल्लेख छ ।

यस्तै नेपालको मौलिक लिपीको रुपमा संयुक्त राष्ट्रसंघमा दर्ता भएको रञ्जना लिपिको विकास र प्रयोगलाई प्रोत्साहन गरिने, पुनः निर्माण प्राधिकरण र स्थानीय जनतासँगको सहकार्यमा भूकम्पबाट ध्वस्त भएका पुरातात्विक सम्पदा, मठ, मन्दिर, पार्टी, पौवालगायतका सांस्कृतिक सम्पदाहरुको यथाशिघ्र पुनः निर्माण गरिनेछ सो प्रतिवद्धतामा उल्लेख छ ।

यस्तै स्थानीय समुदायका जात्रा, पर्व र अन्य सांस्कृतिक क्रियाकलापहरुको लिखित संग्रहालयका रुपमा संरक्षण र विकास गरिने, महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, सत्तल, पार्टी, पौवा, मठमन्दिर आदिको संरक्षण गरिने उहाँको प्रतिवद्धता छ ।
काठमाडौँ उपत्यकाको सम्पदाको रुपमा रहेको वाग्मती, विष्णुमति, मनहरा, धोवीखोलालगायतका नदीहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइने र नदी किनारमा ग्रिनवेल्टको निर्माण गरिने र महानगरस्तरीय सांस्कृतिक संग्रहालयको निर्माण गरिने शाक्यको प्रतिवद्धता छ ।

महानगर क्षेत्रभित्र रहेका ऐतिहासिक पोखरी, धाराहरुको संरक्षण र विकास गरिनेछ, भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न महानगर साहित्य पुरस्कारको स्थापना गरिनेछ । टोल टोलमा रहेका भजन मण्डली र सांस्कृतिक समूहलाई संरक्षण गरिने उहाँको प्रतिवद्धता छ ।

1233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank