डोल्पामा एमालेका दुई गाउँपालिका अध्यक्ष सहित २१ वडाध्यक्ष निर्विरोध

बुधबार, बैशाख २०, २०७४



डोल्पाका २ गाउँपालिका एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन । से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष , वडाअध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको हो । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् । त्यसै गरी डोल्पो बुद्ध गाउँपालिकामा एमालेका लंकवहादुर रोकाय पनि निर्विरोध हुनु भएको हो । विभिन्न गाउँपालिकाका ६५ वडा वडामध्ये २१ वडामा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

से फोक्सुन्डो गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । से फोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष गुरुङसहित ९ वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको ओ। डोल्पोबुद्ध गाउँपालिकामा ५ वडाध्यक्ष निर्विरोध हुनुभएको छ । छार्का ताङसोङ गाउँपालिकामा ५ वडाध्यक्ष र काइते गाउँपालिकामा २ वडाध्यक्ष निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वा्चित भएका जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

24511 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank