ओलीले चाहेर पनि किन पाएनन केशव स्थापितले टिकट ?

बुधबार, बैशाख २०, २०७४



काठमाडौं । काठमाडौं महानगरपालिकामा बाट मेयर पाउनेमा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, पूर्वमेयर केशव स्थापित र मानवअधिकारकर्मी गौरी प्रधानको नाम चर्चामा थियो ।

अध्यक्ष ओलीले लामो समयसम्म चुनाव जित्ने सम्भावना बढी भएको भन्दै पूर्व मेयर स्थापितको नाममा अडान लिएका थिए । स्थापितलाई माधवकुमार नेपाल र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले अस्वीकार गरेका थिए। नेपालले श्रेष्ठलाई उम्मेदवारी दिनुपनै जोड दिएका थिए ।

प्रदेश कमिटीले नगरपालिकामा मेयर तथा उपमेयर उम्मेदवार छनोट गर्न पाउने भए पनि एमालेको काठमाडौंमा भने समस्या देखिएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका टोलीले टुंगो लगाएको हो । काठमाडौंमा मेयर तथा उपमेयरको उम्मेदवारमा अध्यक्ष ओली र नेपाल समूहमा विभाजित बनेको थियो । प्रदेश कमिटीको बैठकमा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र उपत्यका इन्चार्ज सानु श्रेष्ठबीच सहमति बन्न सकेको थिएन ।

शाक्यसँग सहमति जुट्न नसकेपछि श्रेष्ठ निर्णय प्रक्रयामा सहभागी नहुने भन्दै बैठक बहिष्कार गरेर हिँडेका प्रदेश कमिटीका एक सदस्यले बताए । त्यसपछि एउटा मापदण्ड बनाएर शाक्यले शीर्ष नेताहरूसँग मेयर तथा उपमेयरको सूची बुझाएकी थिइन् । त्यसलाई शीर्ष नेताहरूले थपघट गरेर टिकट दिएका थिए।
नागरिकमा खबर छ ।

3519 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank