सरकार विरुद्ध एमालेका चार गम्भिर आरोप

शुक्रबार, फाल्गुन ६, २०७३



प्रमुख प्रतिपक्षी दल एमालेले स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र हितमा आघात पुग्ने गरी सरकारले गतिविधि गरिरहेको आरोप लगाएको छ । दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारको कुटनीतिक कार्यशैली समेतको समिक्षा गर्दै मुलुकलाई आघात पुग्ने काम भइरहेको भन्दै केही घटनाको दृष्टान्त समेत प्रस्तुत गरेको छ ।

अन्तराष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षाकर्मीहरुलाई हातहतियरासहित आउन छुट दिने, सार्कको भूमिका कमजोर गर्ने र विगतमा छिमेकी मुलुहरुसंग भएका सम्झौता र सहमतिको कार्यान्वयनमा ढिलासुस्ती र बहानावाजी गर्ने कार्य सरकारले गरिरहेको आरोप एमालेको छ । ‘सरकारद्वारा भइरहेको यस्ता गतिविधिप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’ एमाले पोलिटब्युरो बैठकद्वारा पारित प्रस्तावमा छ ।

एयर रुटका बारेमा छलफल गर्न गएको नेपालको सहसचिवस्तरिय टोलीसंग भारतले नेपालमा आउने विमानमा रहने भारतीय सुरक्षाकर्मी ‘फ्लाईट सेक्यूरिटी’ लाई बस्ने सुविधा दिन माग गरेको थियो । त्यो मागमा नेपाली टोलीले भारतलाई सकारात्मक जवाफ दिएको थियो । एमालेले यही बिषयलाई गम्भिरतापूर्वक लिएको हो । हाल नेपालमा आउने भारतीय जहाज ‘जेट एयरवेज’ मा हतियारसहितका सुरक्षाकर्मी हुन्छन् ।

‘नेपालमा आउने कुनै पनि जहाजको सुरक्षा गर्नु नेपालको आफ्नो दायित्व र जिम्मेवारीभित्रको कुरा हो, अन्य मुलुकका कुनै पनि जहाजको सुरक्षाका लागि सुरक्षाकर्मी ल्याउनु नपर्ने अनि भारतीय विमानमै मात्र किन सुरक्षाकर्मी छुट्टै ल्याउनुपर्नै ?’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकपछि भने,‘बस्ने सुविधा दिने खालको सहमति भित्रको उद्देश्य अर्कै हुनसक्छ भन्ने हाम्रो बैठकको निष्कर्ष हो ।’

पोलिटब्युरो बैठकबाट पारित अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास सार्कको भूमिका लागि कमजोर पार्ने प्रयास भइरहेकोको उल्लेख छ । सार्कलाई कमजोर पार्ने भारतको भूमिकालाई रोक्ने सन्दर्भमा नेपाल सरकारले पहलन नगरेको ओलीको निष्कर्ष छ । भारतले सार्कको सट्टा, विमस्टेक, विआइएन जस्ता अन्य संगठनलाई महत्व दिइरहेको र सार्कको चाही बैठक नै नहुने अवस्था सिर्जना गरिरहेको एमालेको बुझाई छ । भारत पाकिस्तान द्वन्द्व, भारतको नेपाल बंगलादेशप्रतिको नीति लगायतका कारण सार्क कमजोर बनेकाले यसमा नेपालले उचित भूमिका खेल्न नसकेको एमालेको बिष्लेषण छ ।

त्यस्तै चुरे उत्खनन् र गिट्टी बालुवालगायतका निर्माण सामग्री भारततर्फ निकासीका लागि खुल्ला गर्न सरकार लचिलो बनेको भन्दै त्यसमा पनि एमालेले चासो प्रकट गरेको छ । नेपालका ठूला आयोजनाहरुका लागि निर्माण सामग्रीहरु पर्याप्त उपलब्ध नहुने तर भारत तर्फ निकासीका लागि भने सरकार लचिलो बन्नु घातक भएको एमालेको ठहर छ । भारततर्फ निकासी गर्नेगरी खुल्ला नगर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले बैठकमा सङ्क्रमणकालीन अवस्थाको अनुचित लाभ उठाउादै राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव खल्बल्याउने गतिविधि बढीरहेको भन्दै सदस्यहरुले चिन्ता जाहेर गरेका थिए , उनीहरुले यस्ता गतिविधि रोक्नका लागि प्रमुख पार्टीहरुले आफ्नो राजनीतिक कार्यक्रमहरुलाई जनतासमक्षा लगेर त्यस्तो गतिविधिलाई रोक्नुपर्ने धारणा राखेका थिए । बिषेश गरी तराईमा सिके राउत लगायतले सञ्चालन गरिरहेका गतिविधिप्रति एमाले बैठकमा बिषेश छलफल भएको थियो । मुलुकलाई विखण्डनकै दिशामा लैजाने गरी भएका त्यस्ता क्रियाकलाप रोक्न सरकारले पर्याप्त ध्यान दिन नसकेको निष्कर्ष नेताहरुले निकालेका थिए । ‘यस्ता क्रियाकलापलाई तत्काल नियन्त्रण गरी राष्ट्रिय स्वाधीनता, अखण्डता, सामाजिक सद्भाव, शान्ति र स्थायित्वको रक्षा गर्न सरकारसाग जोडदार माग गरिन्छ’ बैठकद्वारा पारित प्रस्तावमा छ ।

मुलुक संवेदनशील अवस्थामा रहेकोले संविधान निर्माणमा निर्णायक भूमिका खेल्ने दलहरुबीचको आपसी एकतामा हुनुपर्ने बैठको निष्कर्ष छ । ‘संविधानप्रति असन्तुष्ट रहेका कतिपय दल तथा नेताहरुलाई राष्ट्रिय हित, सामाजिक सद्भाव तथा संविधानमा संस्थागत गरिएका महत्वपूर्ण उपलव्धिहरुको रक्षाका लागि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरिन्छ’ बैठकको निर्णयमा छ ।

तीन तहको निर्वाचन हुन नसके मुलुक गम्भिर संबैधानकि संकटमा फस्ने र प्राप्त उपलब्धि समेत जोखिममा पर्ने एमालेको ठहर छ । यस्तो परिस्थिति आउन नदिन अबिलम्ब तीन तहकै निर्वाचन घोषाण गरी आवश्यक कानुन निर्माण, स्थानीय तहको पुसंरचनासम्बन्धि प्रतिवेदन कार्यान्वय र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने एमालेको माग छ ।

बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक स्थायित्वका लागि संविधानले निर्दिष्ट गरेको समय अवधिभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नर्ुपर्ने बताएका थिए । उनले मुलुकको राष्ट्रिय एकता, सामाजिक सद्भाव, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताजस्ता पक्षमा गम्भीर चुनौतीहरु देखापरेको उल्लेख गर्दै ती सबै परिस्थितिको सामना गर्न गरी र मुलुकमा सकारात्मक परिस्थिति निर्माणमा एमालेले भूमिका खेल्ने उल्लेख गरे । कान्तिपुरबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata