मैनाली र शेर्पालाई कारवाहीको माग

बिहिबार, फाल्गुन ५, २०७३



काठमाडौं । एमाले पोलिटब्युरो बैठकको सुरुमै अध्यक्ष ओलीले राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्दै आफ्नो प्रतिवेदनका प्रमुख अशं पेश गरे । त्यसपछि बैठकको बहस मोडियो केन्द्रिय सदस्य राधाकृष्ण मैनाली र सांसद कृपासुर शेर्पाको बिषयमाथि । सुरुमा बैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राईले समय मागे । उनले आफूसंग एक महिलाको नाम जोडेर भोजपुरकै सांसद कृपासुर शेर्पाले षड्यन्त्र गरिरहेको भन्दै कारवाहीको माग गरे ।

सञ्चारमन्त्री भएका बेला युवासंघमा आबद्ध एक महिलाले आफूलाई दु:ख दिन खोजेको र त्यो सबै काम सांसद शेर्पाको योजनाअनुसार भएको राईको दाबी थियो । ‘पार्टी पार्टीले यो बिषयमा छानविन गरेर कि मेरो दोष पत्ता लगाइदिओस् पृुष्टी भयो भने म कारवाही भोग्न तयार छु’ राईले बैठकमा भने,‘यदी होइन भने षड्यन्त्र स्वरुप यो काम गर्न लागउने कृपासुर शेर्पामाथि कारवाही होस् ।’

राई मन्त्री भएकाले बेला ती महिलाले एसएमएस पठाउने र विवाहका लागि बार्गेनिङ गर्ने गरेको यसअघि सार्वजनिक भएको थियो । यो प्रकरणको छानविन र सम्बन्धि दोषिलाई कारवाहीका लागि राईले यसअघि नै पार्टीको अनुशासन आयोगलाई समेत पत्र पठाईसकेका छन् । राई र शेर्पा दुबै भोजपुरबाट निर्वाचित सांसद हुन् । दुबै केपी ओली निकट मानिन्छन् ।

रार्इृले आफ्नो भनाई सकेपछि बरिष्ठ नेता माधवकुमार नेपालले मेरो पनि केही भन्नुछ भन्दै समय मागे । त्यसपछि उनले राधाकृष्ण मैनालीले आफूबारे गलत कुरा बाहिर ल्याएकाले उनलाई कारवाही गर्नुपर्ने माग गरे । मैनालीको हालै सार्वजनिक ‘नलेखिएको इतिहास’ नामक संस्मरणात्मक किताबमा उल्लेखित प्रसंगबारे नेपालले आपत्ति जनाएका हुन् ।

मैनालीले पुस्तकमा २०४६ सालको आन्दोलनकै बेलामा भारतबाट हतियार ल्याएर भए पनि राजतन्त्र फाल्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा राखेको उल्लेख छ । उक्त प्रस्ताव राख्ने वित्तिकै तत्कालिन नेता मदन भण्डारीले त्यस्तो प्रस्तावप्रति माफी माग्दै नेपाललाई फिर्ता लिन लगाएको प्रसंग पुस्तकमा छ । त्यस्तो प्रस्ताव राखेको भन्ने कुरा नै झुटो कुरा पुस्तकमा राखेर मैनालीले बद्नाम गर्न खोजकोले कारवाही गर्नुपर्ने प्रस्ताव नेपालको थियो ।

पार्टी र एमालेका नेताहरुलाई गलत ढंगले मात्र चित्रित गर्दै आफू मात्र असल देखाउन खोजेको भन्दै उनी कारवाहीको दायरामा पर्नुपर्ने नेपालको धारणा थियो । मैनालीलाई कारवाही गर्नुपर्ने नेपालको प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरुले सहमति जनाएका छन् । यो बिषयलाई जारी बैठकले विधिवत रुपमा ढुंगो लगाउने भएको छ । नेपालले मैनालीको प्रसंग उठाएपछि अध्यक्ष ओलीले पनि पुस्तकम उल्लेखित कुराहरु भ्रमपूर्ण भएको बताए ।

आफ्नै बारेमा पनि मैनालीले गलत कुराहरु लेखेको अध्यक्ष ओलीले जानकारी दिए । उनले मैनालीलाई स्थायी समिति सदस्यमा ल्याउने प्रतिबद्धता आफूले कैहिल्यै नगरेको पनि स्पष्टीकरण दिए । स्थायी समितिमा नलगेका कारण आफ्नो कुण्ठा मैनालीले पुस्तकमार्फत् पोखेको ओलीले बताए ।

मैनाली झापा आन्दोलनका नेता हुन् । उनलाई पार्टी नीति विपरित अभिव्यक्ति दिएपछि पार्टीले निष्कासन गरेको थियो र उनी राजा ज्ञानेन्द्रको शाही सरकारमा मन्त्री बन्न गएका थिए । राजतन्त्र समाप्त भएपछि माओवादी प्रवेश गरेका मैनाली त्यसपछि पुन: एमाले फर्किएका हुन् । फर्केपछि उनलाई एमालेले केन्द्रिय सदस्यमा मनोनयन गरेको थियो । कान्तिपुरबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank