एमालेले भन्यो ‘कमाउ धन्दामा ज्ञवाली अवरोधक बनेपछी निधिको डिजाइनमा हटाइयो’

loading...

बिहिबार, पुस २१, २०७३



पुुर्ननिमाण प्राधिकरणको सीइयो बर्खास्तगी प्रकरण

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने कार्य गैरजिम्मेवारीपनको पराकाष्टा भएको प्रतिक्रिया दिएको छ ।

प्राधिकरणका उपाध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष भीम रावलले नेपालपाटीसंग कुरा गर्दै भूकम्प पीडित जनतालाई समयमै छानामुनी ल्याउने काममा अवरोध ल्याउने उद्देश्यबाट प्रेरित भएर ज्ञवालीलाई हटाइएको बताए । उनले भने ‘यो सरकारका उपप्रधानमन्त्री निधिजीले प्राधिकरणको सुरुको बैठकमै सीइओलाई दोषारोपण गर्दै हटाउने ढंगले प्रस्तुत हुुनुुभएको थियो । त्यसमा प्रधानमन्त्री पुुष्पकमल दाहालजीको पनि साथ देखिन्थ्यो । तर मैले प्राधिकरणलाई अर्थ मन्त्रालयले बजेट नदिने, सामान्यले कर्मचारी नदिने अनी दोष जती सीइओलाई मात्र किन भनेर कड्किएपछी सबै पछी हटेका थिए ।’

रावलले आफुले सरकारले प्राधिकरणलाई सहयोग नगरेको दृष्टान्त प्राधिकरणको बैठकमा सुनाएपछी प्रधानमन्त्रीले गल्ती स्वीकार गरेको दावी गरे । उनले प्रधानमन्त्रीले प्राधिकरणको अध्यक्षको हैसियतले समयमै बैठक नबोलाएको र भूकम्प पीडित जनताको समस्या बारे प्रश्न गरेपछी सबै नतमस्तक बनेको बताए ।

उपाध्यक्ष रावलले आफ्नो स्वार्थ अनुरुप काम नगरेकोले ज्ञवालीलाई सरकारले हटाएको बताए । उनले भने ‘यही सरकारका उपप्रधानमन्त्री निधिजीको अली बढी स्वार्थ रहेको देखिन्छ । सायद लेनदेनको कुरा हुन सक्छ । त्यो नमिल्दा ज्ञवालीलाई हटाइयो ।’

2421 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom