अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसीको ‘डि’ बाट ‘सी’ श्रेणीमा पदोन्नती

आइतवार, कार्तिक १९, २०७४

loading...


काठमाडौं । बुद्धिचालका अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसी ‘डि’ बाट ‘सी’ श्रेणीमा पदोन्नती भएका छन् । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिड) को ८८ औं कोंग्रेसले केसीलाई ‘सी’ श्रेणीमा पदोन्नती गरेको हो ।

फिडेका आधिकारिक र विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता निर्णायकको भूमिका निर्वाह गरेको आधारमा उक्त लाइसेन्स दिने प्रावधान छ । नेपाल बुद्धिचाल संघका सदस्य समेत रहेका केसी २००९ मा फिडे आर्बिटर र २०१२ मा ‘डि’ श्रेणीको अन्तर्राष्ट्रिय आर्बिटर बनेका थिए । नेपाली बुद्धिचालमा ‘सी’ श्रेणीको अन्तर्राष्ट्रिय आर्बिटरको लाइसेन्स पाउने केसी पहिलो भएको बुद्धिचाल संघले जनाएको छ ।

753 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv