नेपालले मानसिक बालबालिकाको स्वास्थ्यमा गरेको लगानी सह्राहनिय: विदेशमन्त्री उल्स्टाइन

बिहिबार, कार्तिक २१, २०७६



काठमाडौं । नर्वेका विदेशमन्त्री डाग-इन्गे उल्स्टाइन (Dag-Inge Ulstein)नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रशंसा गरेका छन ।

पोषण सम्बन्धि अन्र्तराष्टिय सम्मेलनमा सहभागी हुन तीन दिने नेपाल भ्रमणमा  रहेका विदेशमन्त्री उल्स्टाइनले नेपालको पहिलो मानसिक बाल कान्ति अस्पतालको अनुगमन गर्दै उक्त कुरा बताएका हुन । कान्ति बाल अस्पताल परिसरमा निर्माणाधिन बाल मानसिक स्वास्थ्य विभाग भवनको अवलोकन गर्दै उनले नेपालको प्रशंसा गरेका हुन ।  सिविन नेपालको पहलमा फोरुट नर्वे, नर्वेली मानसिक स्वास्थ्य संघ (Norwegian Psychiatric Association) र Touch Ireland काे सहयोगमा कान्ति बाल अस्पतालमा बाल मानसिक स्वास्थ्य विभागको छुट्टै भवन निर्माण भइरहेको छ । देशकै एक मात्र बाल मानसिक अस्पताल भए पनि नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा सिमित स्रोत र साधनमा भएको भए पनि काम सन्तोषजन रहेको प्रतिक्रिया दिए ।

c

फोरुट नर्वेको माध्यमबाट नर्वेले नेपालमा बाल मानसिक स्वास्थ्य क्षेत्रमा केही योगदान दिन सकेको धारणा राखेका थिए । भ्रमणका क्रममा विदेशमन्त्री उल्स्टाइनले अहिले संचालनमा रहेको बाल तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्बन्धि बहिरंग सेवाको समेत निरिक्षण गरे । वि.स. २०७२ सालको भूकम्पपछि बालबालिका र किशोरकिशोरीमा परेको मानसिक आघात र समस्याको सम्बोधन गर्नका लागि सिविन नेपालको पहलमा नेपालमै सबैभन्दा पहिलो बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धि बहिरंग सेवा संचालनमा ल्याइएको हो ।

b

सोहि क्रममा बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवरले नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य क्षेत्रमा अझै पर्याप्त काम नभएको विचार व्यक्त गरे । डा. कुँवरले अहिले मुलुकभरका विद्यालयमा अध्ययन गरिरहेका करिब चार हजार बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धि अध्ययन भइरहेको समेत जानकारी दिए । डा कुँवरले बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धि विस्तृत अध्ययन पहिलो भएको ठोकुवा गरे ।

d

तस्वीर :रमिता छुँजुकाे सहयाेगमा 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata