विद्रोही नेताको अन्तिम संस्कारमा दशौँ हजार सहभागी

सोमवार, भदौ १८, २०७५



काठमाडौँ । गत शुक्रबार युक्रेनको डोनेटस्कको एक कफी पसलमा ठूलो विस्फोट भयो । उक्त विस्फोटमा अलगाबवादी नेता अलेक्जेण्डर जाखचेर्नेकोको मृत्यु भयो । डोनेटस्क पिपुल्स रिपब्लिकका नेता अलेक्जेण्डरलाई श्रद्धाञ्जलि दिन दशौँ हजार जनता भेला भएका छन् ।

अगस्ट २०१४ को कार बम विस्फोटबाट बाच्न सफल रुसी समर्थित जाखचेर्नेको यसअघि युद्धमा २ पटक घाइते भइसकेका थिए । युक्रेनको चार वर्षे संघर्षमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । जहाँ सवैभन्दा ठूलो विद्रोही मारिएको यो पहिलो घटना हो । जाखचेर्नेकोको मृत्युमा किभको हात देखिने रुसको आरोपलाई अस्वीकार गर्दै किभले विद्रोहीलाई नै दोष दिएको छ ।

एक रुसको निम्ति लड्दै गरेका विद्रोही मारिनुमा ३५ वर्षीय सर्गेइ कपस्टिनले भने ‘हामी यो त्रासदी कहिल्यै विर्सने छैनौँ । हामी कहिल्यै क्षमा गर्दैनौँ ।’

उनको अन्तिम संस्कारमा जर्जियाको ब्रेस्वम क्षेत्र दक्षिण ओसेटियाका नेता एन्टोली बाइलोभ, एक रुसी पत्रकार र डोनेत्स्क गणतन्त्रको पूर्व प्रधानमन्त्री अलेक्जेण्डर बोरोडो उपस्थित थिए ।

ukrainian rebel leader funeral 1

रुसी राष्ट्रपति पुटिनका सहयोगी ब्लादिस्लार्क सर्कोभले जाखचेर्नेकोलाई ‘भाइ’ भने । उनले भने ‘तपाईँ एक साँच्चो नायक हो । तपाईको मित्र बन्न पाउनु हाम्रो ठूलो सम्मान हो ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata