इरानबाट उडेको विमानमा सवार १८० यात्रुको अवस्था अज्ञात

बुधबार, पुस २३, २०७६



एजेन्सी । इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमानमा रहेका १८० यात्रुको अवस्था अझै खुलेको छैन । आज(बुधबार) बिहान सो विमान उड्नासाथ दुर्घटनामा परेको थियो ।

युक्रेनको राजधानी किभतर्फ जान लागेको सो विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको जनाइएको छ । दुर्घटना अहिलेको अमेरिका र इरानबीचको तनावसँग सम्बन्धित हो कि होइन भन्ने खुलेको छैन ।

उद्धार दललाई दुर्घटनाग्रस्त क्षेत्रमा पठाइएको जनाइएको छ । रोयटर्सका अनुसार विमानमा आगो लागेको तर क्रुहरु पठाइएकाले केही यात्रु बच्न सक्ने इरानको इमर्जेन्सी सर्भिसका प्रमुख पिरहुसेन कोउलिभान्डले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments