बोरिस जोन्सनको सानदार पुनरागमन

शुक्रबार, मंसिर २७, २०७६



एजेन्सी । बेलायतमा बिहिबार भएको आम निर्वाचनमा कन्जरभेटिव पार्टीले विजय हासिल गरेको छ । चुनावको मतपरिणामको अन्तिम घोषणा हुन बाँकी भए पनि कन्जरभेटिव पार्टीले बहुमतको लागि ३२६ सीटको थ्रेसहोल्ड पार गरिसकेको छ । यससँगै बोरिस जोन्सनको दोस्रो कार्यकाल शुरु हुने पक्का भएको छ ।

प्रधानमन्त्री जोन्सनले आफूलाई अब ब्रेक्जिटको प्रक्रिया पूरा गर्ने जिम्मेवारी जनताले दिएको जनाएका छन् । विपक्षी नेता जेरेमी कोर्बिनले आफ्नो पार्टीलाई हिजोको रात निराशाजनक भएको बताएका छन् । उनले आफू भविष्यमा कुनैपनि चुनाव नलड्ने समेत बताएका छन् ।

यसैगरी सन् २०१६ को ब्रेक्जिटमा साथ् दिएका विपक्षी लेबर पार्टीले उत्तर, मध्यभूभाग र वेल्स क्षेत्रमा पराजय हासिल गरेको छ ।  ५ वर्षको बीचमा बेलायतमा हिजो तेस्रोपटक आम निर्वाचन भएको हो ।

uk election results

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments