बेलायतले दियो चीनको हुवावेलाई फाइभ जी नेटवर्कको अनुमति

बुधबार, माघ १५, २०७६



एजेन्सी । बेलायतले चीनको मोबाइल कम्पनि हुवावेलाई देशको फाइभ जी नेटवर्क निर्माणमा सीमित भूमिका प्रदान गर्ने सरकारले घोषणा गरेको छ ।

ब्रेक्जीटभन्दा तीन दिन अगाडि आएको निर्णयमा प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अघि सारेका हुन् । उनले उच्च जोखिम विक्रेता मानिएको चिनियाँ कम्पनि हुवावेलाई सिमित भूमिका प्रदान गर्ने निर्णय गरेका हुन्। नेटवर्कको संवेदनशील केन्द्रमा जोखीम पुर्याउन सक्न बताउँदै विक्रेताहरूमा सिमितता तोकिएको पनि उनले बताए ।

हुवावेको नाम नलिईकनै बेलायत सरकारको विज्ञप्तिमा भनिएको छ “उच्च जोखिम विक्रेता”लाई सबै आलोचनात्मक नेटवर्कहरु र संवेदनशील स्थानहरु जस्तै परमाणु साइट र सैन्य आधारबाट हटाइनेछ ।

प्रधानमन्त्री जोनसनले अध्यक्षता गरेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बेलायत टेलिकम अपरेटरहरूलाई निर्देशन गर्नुपर्ने कुरामा सहमति गरेको छ  ।

डिजिटल सेक्रेटरी ब्यारोनेस मोर्गनले भने, “हामी सकेसम्म चाँडो विश्व-स्तरीय कनेक्टिभिटी चाहन्छौं तर यो हाम्रो राष्ट्रिय सुरक्षाको मूल्यमा हुनु हुँदैन । उच्च जोखिम विक्रेताहरू हाम्रो सबैभन्दा संवेदनशील नेटवर्कहरूमा कहिल्यै थिएन र कहिल्यै पनि हुनेछैन ।”

“सरकारले टेलीकम नेटवर्कहरूको लागि आपूर्ति श्रृंखलाको समीक्षा गरेपश्चात उच्च जोखिम विक्रेताको उपस्थितिमा कडा प्रतिबन्ध लगाउनु आवश्यक रहेको निष्कर्षमा पुगेको हो”, उनले बताए ।

ब्रिटिश सरकारको यस घोषणा अमेरिकी सरकार विरुद्धमा देखिएको छ। ट्रम्प प्रशासनका एक अधिकारीले भनेका छन् कि अमेरिका आफ्नो घनिष्ठ सहयोगीले लिएको निर्णयले ‘निराश’ बनेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलाइतलाई पश्चिमी जगतको रहस्य चोर्न हुवावेले मोबाइल उपकरण प्रयोग गर्न सक्छ भन्ने दावी गर्दै हुवेइमा प्रतिबन्ध लगाउन चाहेका बताएका छन्  ।

“अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीले मंगलबार दिउँसो उक्त निर्णयको बारेमा बोल्नुभयो” – ह्वाइट हाउसले भनेको छ, “उहाँहरूले दूरसञ्चार सुरक्षालगायत महत्वपूर्ण क्षेत्रीय र द्विपक्षीय मुद्दाहरूमा छलफल गर्नुभएको छ ।”

अमेरिकी प्रतिनिधिहरूले बेलायतलको हुवावेलाई स्वीकार्ने निर्णय गर्नु रणनैतिक रुपमा अमेरिकाको पराजय रहेको बताइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments