पूर्व आइजीपी खनाल सहित सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दर्ता

सोमवार, बैशाख २२, २०७७



काठमाडौं।काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसान’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध उजुरी दर्ता गरेको छ।

जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवालाई अपहरण गरेर काठमाडौं ल्याएको भन्दै उजुरी परेको थियो । यस अघि महानगरिय प्रहरी परिसर टेकुले उजुरी दर्ता गर्न नमानेपछि समाजवादीका नेताहरु सहित उनी सरकारी वकिल कार्यालयमा पुगेका थिए ।

सरकारी वकिल कार्यालयले समेत उजुरी दर्ता गर्न नमानेको भन्दै सांसद यादवले मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका थिए । उनको उजुरी सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments