महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानवअधिकार आयोगमा उजुरी

सोमवार, बैशाख २२, २०७७



काठमाडौँ । समाजवादी नेपालका सांसद डा. सुरेन्द्र यादव अपहरण गरेको भन्दै मानवअधिकार आयोगमा सांसद यादवले किटानी जाहेरी सहित उजुरी दिएपछि सांसद महेश बस्नेत,कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व आइजिपी सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

 सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

सांसद यादवले पूर्व आइजी खनाल , सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ विरुद्ध अपहरण गरेको भन्दै किटानी जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उजुरी दर्ता गर्न नमानेपछि सांसद यादव मानवअधिकार आयोगमा पुगेर उजुरी दर्ता गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments