उद्योग बाणिज्य संघ बुटवलले राजस्व छलीलाई प्रोत्साहन गरेको भन्दै अख्तियारमा उजुरी

बिहिबार, अशोज २६, २०७४

loading...


काठमाडौ । बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा राजस्व छली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । संघले कर र राजस्व छली गर्ने व्यवसायीलाई राजनीतिक आस्थाका भरमा संरक्षण गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

व्यवासिक फर्म दर्ता र नवीकरण लगायत कामका लागि कर क्लियरेन्स जरुरी भएपनि संघले त्यो ढाकछोप गर्दै आएको उजुरीमा छ । यो उजुरी असोज २५ गते अख्तियारको काठमाडौ स्थित कार्यालयमा परेको हो ।संघले दाताको सहयोगमा सञ्चालन गरेका कार्यक्रममा समेत मनोमानी गरेको आरोप छ ।

बिसं २०१० सालमा स्थापना भएको संघ नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि पुरानो हो । यो संघको ६४ औ साधारणसभा अहिले चलिरहेको छ । यस्लाई कांग्रेसको भातृ संगठन जस्तो बनाएको भन्दै धेरैले आलोचना गर्दै आएका छन् । नेतृत्वमा रहिरनका लागि राजस्व छली गर्नेलाई प्रोत्साहन र ढाकछोप गर्नेगरेको आरोप संघ माथि छ । संघमा अहिले करिब २ हजार सदस्य रहेका छन् ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv