“रात्रीकालिन सडकसेवा” मार्फत २१६ जनाकाे उद्दार

बिहिबार, पुस ३, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत पाचाै दिनसम्म काठमाडौं  महानगरपालिकाले काठमाडाैका विभिन्न स्थानबाट २१६ जनाकाे उद्दार गरेकाे छ ।  गत  मंसिर २९ गते देखि सञ्चालनमा आएको “रात्रीकालिन सडकसेवा” कार्यक्रमकाे शुरु भएकाे थियाे ।

कार्यक्रम अन्तर्गत गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्चर, कलंकी, जनसेवा, स्वयम्भू, सिनामंगल, भत्केकोपुल, कमलादी, सेतोपुल, बसपार्क लगायतका विभिन्न स्थानहरुबाट २१६ जना व्यक्तिहरुलाई उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

 बेसहारा अभिभावक बिहिन सहयोगापेक्षी सडक आश्रित मानव मुक्त काठमाडौं महानगरपालिका घोषणा एवं निर्माण महाअभियान अन्तरगत उनीहरुकाे उद्दार गरि मानव सेवा  आश्रममा राखिएको छ ।

udhar

उद्धार गरिएका व्यक्तिहरुलाई आधारभुत स्वास्थ्य उपचार, सरसरफाई समेत गरिएको महानगरिय प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले नेपालपाटी डटकमलाई जानकारी दिए । प्रहरी नायव उपरिक्षक पोखरेलका अनुसार काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकालाई मानवियताको शहर घोषणा गरेको बताए । उनले सोहि कार्यक्रम अन्तरगत सडकमा वेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गरेको जानकारी दिए ।

सडकमा आउनाको कारण पत्ता लगाउने उनीहरुको पारिवारिक पूर्नस्थापना गरिनुका साथै कामकाे खाेजी गरिने समेत पोखरेलले बताएका छन । सडकमा आउन बाध्य पार्ने परिवारलाई कानूनी कार्बाही गरिने प्रहरीले जनाएको छ । पीडितलाई उपचारको सेवा, दोषीलाई कार्बाही गरिने उनले  प्रष्ट पारेका छन । पीडितका कोही नभएको अवस्थामा तीनिहरुको खानपान, लालनपालन महानगरपालिकाले गर्ने भएको छ । काठमाडौं उपत्यकामा काम गर्न अल्छि भएका साथै नक्कली मगन्ते पनि भेटिएको प्रहरी नायव उपरिक्षक पोखरेलले जनाएका छन । नक्कली मगन्तेलाई फौजदारी संहिताले अपराध मानेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments