बंगालादेशमा बिरामी परेकी एक छात्राको विमान चार्टर गरि उद्धार

बुधबार, बैशाख १७, २०७७



काठमाडौं ।बंगलादेशमा अध्ययनरत एक नेपाली छात्राको विमान चार्टर गरि नेपाल ल्याएको छ ।  मंगलबार दिउँसो बंगलादेशको रंगपुर मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई बुद्ध एयरको चार्टर उडानबाट काठमाडौं ल्याइएको हो ।

ती छात्रा विरामी भएपछि उनको परिवारले आफ्रनै अर्चमा विमा चार्टर गरि नेपाल ल्याएका हुन । ‘बिरामीलाई ढाकाबाट दुबई, बैंकक, भारत र बंगलादेशमा रहेका जहाजमार्फत एयर–लिफ्ट गरेर काठमाडौं ल्याउन परिवारले धेरै दिनदेखि प्रयास गरेका थिए । कोरोना भाइरसका कारण आन्तरिक एवम बाह्उ उठानमा रोक लगाएका कारण मानवीयउद्धारको प्रकृया केहि लम्बीएको थियो ।

सरकारको अनुमतिपछि बुद्धको एटीआर–४२ विमान मंगलबार बिहान साढे १० बजे दुई नेपाली चिकित्सक, चालकदलका सदस्यसहित ढाका उडेको थियो । उनलाई नेपाल ल्याएरु विमानस्थलबाट सीधै सिभिल अस्पताल लगिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments