सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

बुधबार, कार्तिक १३, २०७६



काठमाडौं । बैतडीमा सुत्केरी   महिलाको उद्धार गरिएको छ । बैतडीको सिगास गाउँपालिका ६ लेकमकी २३ वर्षीया धाना साउदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

मंगलबार विहान ९ बजेर ५० मिनेटमा मा प्रसूती सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव भएपछि उद्धार गरेर उनलाई कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।

सुत्केरी भएपछि रक्तश्राव नरोकिएपछि राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकप्टर बोलाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata