पढाइदिन्छु भन्दै ल्याएका १९ अलपत्र बालबालिकाको उद्धार

मङ्लबार, बैशाख २४, २०७६



काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको छ ।

कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक / डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अबस्थामा छाडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगंज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको उक्त वृत्तले जनाएको छ ।

जय बहादुर हाल फरार रहेकाले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata