विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने निर्णय

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं । सरकारले अब विभिन्न कामको सिलसिलामा विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने जनाएको छ ।

शुक्रबार उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा बनेको उच्च स्तरिय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीहरुले कष्टकर जीवन बिताउनु परेको भन्दै समितिले स्वदृश ल्याउने निर्णय गरेको हो ।

सरकारले एक सातापछि क्रमशः भारत बाहेक तेस्रो मुलुकमा अलपत्र परेका र फर्किन चाहने नागरिकलाई स्वदेश फिर्ता ल्याउने निर्णय गरेको हो । उनीहरु काठमाडौं भित्रिएपछि १४दिन होटल वा सार्वजनिक क्वारेन्टाइनमा बस्नुपर्नेछ । स्वदेश फिर्ती कार्ययोजना पारित फर्किनेको सूची परराष्ट्रले बढिमा १० दिन भित्र संकलन गर्ने गरि काम अघि बढाइएको जनाइएको छ ।

उक्त कार्ययोजना बारे प्रधानमन्त्रीलाई जानकारी गराउन उपप्रधानमन्त्री सहितका मन्त्रीहरु बालुवाटार पुगेको एम मन्त्रीले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments