चालू वर्षमा १० खर्ब ७३ अर्ब मात्र खर्च

बिहिबार, जेष्ठ १५, २०७७



सरकारले चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा उक्त रकम खर्च हुने जनाएका हुन् ।

चालू आर्थिक वर्षका लागि १५ खर्ब ५२ अर्ब रुपैयाँको बजेट पेस गरिएको छ । अर्थमन्त्री खतिवडाले बजेटको अर्धवार्षिक समीक्षाका क्रममा विनियोजन बजेटको ९० प्रतिशत अर्थात् १३ खर्ब ८५ अर्ब रुपैयाँको लक्ष्य राखेका थिए ।

कोभिड- १९ को प्रभावका कारण काम रोकिए पनि पुनः लक्ष्य संशोधन गरेर ७० प्रतिशत बजेट मात्र खर्च हुने अनुमान गरेका हुन् । चालू आर्थिक वर्षको साढे १० महिनासम्म ७ खर्ब ७५ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments