युएई र भारतबीच अण्डरवाटर ट्रेन चल्ने

शुक्रबार, मंसिर १४, २०७५



युएई । संयुक्त अरब इमिरेटको फुजैराह र भारतीय शहर मुम्बई जोड्ने रेल निर्माण कार्य निकट भविष्यमा शुरु हुने भएको छ । युएई अन्डरवाटर ट्रेन नेटवर्क मार्फत मुम्बई सँग जोडिने कार्यमा उत्सुक हुँदैछ । पानीमा चल्ने उक्त ट्रेन युएईको नेशनल एडवाइजर ब्युरो लिमिटेडले निर्माण गर्ने बताएको छ ।

मसदर शहरको कन्सलटेन्सी फाउण्डर अलशेहीले भने, अण्डरवाटर नेटवर्कबाट युएईलाई भन्दा भारतलाई फाइदा पुग्ने छ । जसले दुई देशबीच ब्यापार बढ्नेछ । फुजैराह बन्दरगाहबाट तेल र उत्तरी मुम्बईको नर्भदा नदिको पानीको व्यापार साटासाट हुन सक्नेछ ।

करिब २००० किलोमिटर लामो उक्त रेल मार्ग बन्न थुप्रै कुरामा सहमती हुन बाँकी छ ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank