यूएईमा ६ नेपालीलाई कोरोना संक्रमण

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौं । यूएईमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । यूएई स्थित नेपाली दूतावासका अनुसार ६ मध्ये २ जना भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यूएईमा पहिलो पटक ९ मार्चमा २ नेपालीसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।कोरोना देखिएका नेपालीको अहिले उपचार भइरहेको दूतावासले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments