युएईमा आम माफिको समय एक महिना थप

बुधबार, कार्तिक १४, २०७५



काठमाडौं । युएईमा अबैधानिक रुपमा बस्दै आएका कामदारहरुलाई आम माफि दिइने समय सिमा सकिनै लाग्दा पुन एक महिनाका लागि समय थप भएको छ ।
आम माफिको समय डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ ।

उक्त समयसिमा भित्र अबैधानिक रुपमा बस्दै आएका नेपाली सहित अन्य मुलकका आप्रवासीहरुलाई बैधानिक बन्न वा देश छोड्न समय दिएको छ । केही देशका दूतावास र कन्सुलेटहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया पूरा गर्न थप समयका लागि अनुरोध गरे अनुसार एक महिना समय थप गरिएको प्राधिकरणले जनाएको छ । युएईमा हाल करिब ७ सय नेपालीहरु आम माफिको प्रक्रियामा रहेका छन् ।

यो संङ्ख्या अन्य देशकको तुलनामा कम रहेको छ । आममाफीको समय अवधिपछि अवैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank