आममाफीको दुर्इ दिनमै २४ जना नेपाली घर फर्किए

आइतवार, साउन २०, २०७५



यूएई। युएई सरकारले गैर कानुनी रुपमा बस्दै आएकालाई तीन महिनाको आम माफि दिने घोषणा गरेको दुइ दिनमै २४ जना नेपाली घर फर्किएका छन् ।

बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन ।

साथमा पासपोर्ट नहुनेहरु दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ भने राहदानी हुनेहरु युएईले दिएको आउटपास लिएर नेपाल फर्किन सक्ने दुतावासले जनाएको छ ।

248 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank