यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

आइतवार, कार्तिक २६, २०७४



काठमाडौं, कात्तिक २६ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।

यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए ।

त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा रहेको छ ।यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

365 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank