नेपालद्वारा मलेसिया ५ विकेटले पराजित, अन्तिम खेल अफगानिस्तानसंग

सोमवार, साउन ९, २०७४

loading...


काठमाडौं । आइसीसी यू १९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालीले मलेसियालाई ५ विकेटले हराएको छ ।
सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो ।

११.३ ओभरमा ५ विकेट गुमाउँदा ४० रन जोडेको नेपालले जब दिपेन्द्र सिंह ऐरी र राहित कुमार पौडेल मैदानमा आए त्यसपछि खेल सम्हालिएको थियो । यो जोडीले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे । ऐरीले १९ र पौडेलले ३४ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिएका थिए ।

त्यस्तै शाहव आलमले २ तथा रिजन ढकालले १ विकेट लिए । न्युजिल्याण्डमा हुने आइसीसी यू १९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काबिरुद्ध दुई खेल खेल्नेछन् ।

अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

308 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv