मलेसियाद्वारा नेपालसामु ९० रनको लक्ष्य प्रस्तुत

सोमवार, साउन ९, २०७४

loading...


काठमाडौँ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५।१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । प्रारम्भिक ब्याट्सम्यान सफिउल्ला मलिकलाई शून्यमा गुमाएको मलेसियाका लागि साएद अजिज मुबारक र कप्तान विरानदीप सिंहले ५८ रनको साझेदारी गरे ।

अजिजले सर्वाधिक ४६ रन बनाए । विरनादीपले १० रन जोडे । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्के । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

549 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank