अफ्गानिस्तानले नेपाललाई दियो १ सय ९१ रनको लक्ष्य, नेपालले केहीवेरमा व्याटिङ गर्ने

बिहिबार, साउन ५, २०७४

loading...


काठमाडौं । आइसीसी १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र अफागानिस्तानबीचको जारी खेलमा अफ्गानिस्तानले नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ राजेको थियो । ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.९ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो ।

नेपालका लागि शाहव आलामले ३ विकेट लिए । पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले समान २–२ विकेट लिँदा किशोर महतो र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।

नेपालले केही बेरमै ब्याटिङ थाल्दै छ । यसअघि सिंगापुरसँगको पहिलो र मलेसियासँगको दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

582 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv