यू–१९ एसिया कपबाट बाहिरियो नेपाल

सोमवार, भदौ २३, २०७६



काठमाडौं । श्रीलंकामा जारी यू–१९ एसिया कपको प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । आइतबार भएको खेलमा बंगलादेशसँग ६ विकेटले हारेसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिएको हो ।

आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले हारेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग पनि हारेपछि आफ्नो  यात्रा टुंगाएको हो ।

लगातार दुई खेलमा विजयी श्रीलंका यू–१९ र बंगलादेश यू–१९ सेमिफाइनल प्रवेश गरेका छन् ।

कोलम्बोस्थित पी सारा ओभल मैदानमा बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङमा आएको नेपालले निधारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनायो ।

नेपालका लागि ओपनर ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । ऋत ३२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका आसिफ शेख ३ रनमा पभेलियन फर्किए ।

पवनले कुशल मल्लसँग ३९ रनको, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका थिए ।

उनी १०९ बलमा ८ चौका र १ छक्कासहित ८१ रन बनाएर आउट भए । यसैगरी, नेपालका लागि सन्दीप जोराले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

मोहम्मद अक्बर अली र मोहम्मद समिर हुसैनले १ सय २ बलमा अविजित १ सय ३० रनको साझेदारी गरेपछि बंगलादेशले ४ बल अगाडि लक्ष्य पूरा गर्यो । अली ९८ रनमा अविजित रहे । ८२ बल खेलेका उनले १४ चौका हाने । हुसैनले ४५ बलमा ४२ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।

मोहम्मद तावहिद हृदय ६० र महमदुल हसन रोय ४० रन बनाएर आउट भए । नेपालका कमलले २ तथा रशिद र हरिले १–१ विकेट लिए ।
अब नेपालले मंगलबार युएईसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata