एसीसी यु-१६ क्रिकेटमा आज नेपालले म्यानमारसँग खेल्ने

बिहिबार, मंसिर २८, २०७४



काठमाडौं, मंसिर २८ । एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । यसअघि नैं लगातार दुई खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपालका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ । थाईल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई एक सय ३३ रनले हराएको थियो ।

दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata