युद्ध अभ्यासको दौरान बमवर्षक विमान एक आपसमा जुध्यो

आइतवार, माघ ६, २०७५



मस्को । रुसको सुखोई एस यु- ३४ बम वर्षक विमान युद्ध अभ्यासको दौरान एक आपसमा ठक्कर खाएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयको वयानमा उल्लेख गरिए अनुसार, विमान गोला बारुद सहित युद्ध अभ्यासमा संग्लग्न थियो । उडानको दौरान भएको ठक्कर पछि विमान चालकहरु सुरक्षित तवरले विमानबाट निस्केका थिए । समाचार एजेन्सी तासले जनाए अनुसार, समुन्द्री तट भन्दा ३५ किलोमिटर टाढा गरिएको उक्त प्रशिक्षण उडानको दौरान संग्लग्न सुखोई इस यु-३४ का पाइलटहरुको खोजी कार्य एम आई ८ हेलिकप्टर मार्फत गरिएको थियो ।

रुसको एस यु- ३४ हर मौसममा संञ्चालन गर्न सकिने सुपर सोनीक मिडियम रेन्चको लडाकु बमवर्षक विमान हो । सन १९९० मा पहिलो पटक उडान भरेको यो विमान सन २०१४ पछि रुसी वायु सेनाको हिस्सा बनिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata