प्रेस काउन्सिल पदाधिकारीविरुद्द सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई  पक्राउ

बुधबार, असार १३, २०७५



काठमाडौँ ।
महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विधुतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विधुतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेव्यवस्था छ ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank