करोड भन्दा बढि नक्कली भारतीय रुपैंया सहित ६ जना पक्राउ

शुक्रबार, जेष्ठ १०, २०७६



काठमाडौं । करोड भन्दा बढी नक्कली भारतीय रुपैंया सहित छ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भन्सार चेकिङका क्रममा  दुई करोड  नक्कली भारु नोट सहित उनीहरु पक्राउ परेका हुन् ।

दुई हजार दरका नक्कली भारतीय रुपैयाँ सहित पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ठूलाे मात्रामा नक्कली भारु बरामद  भएपछि उक्त घटनामा संग्लग्न व्यक्तिहरुमाथि सोधपुछ गर्ने काम भइरहेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।

 स्राेतले जनाए अनुसार भारु तस्करीमा जेल परेका युनुस अन्सारीकै समूहले उक्त तस्करी गरेको आशंका गरिएको छ । नोट बंगालदेशबाट ल्याइएको र करिब पाँच करोड सम्म हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata