महोत्सवमा दुई करोडको कारोबार

बिहिबार, फाल्गुन २४, २०७४

गाईघाट । सदरमुकाम गाईघाट बजारस्थित त्रियुगा बसपार्क परिसरमा सञ्चालन भइरहेको १० दिने प्रदेश नं १ स्तरीय महोत्सवमा अहिलेसम्म दुई करोडबढीको कारोबार भएको छ ।

फागुन १५ गतेदेखि सञ्चालन भएको उक्त प्रदेशस्तरीय महोत्सवमा बुधबारसम्म सो रकम बराबरको आर्थिक कारोबार भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिए ।

त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेश नं १ का १२ जिल्लाका व्यापारी तथा उद्यमीले सहभागिता जनाएका छन् ।

185 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank