साइक्लिङमा नेपाललाई दुई स्वर्ण

बुधबार, मंसिर १८, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले  हाल सम्म धेरै स्वर्ण जित्दै उच्च स्थान राखेको छ ।  बुधबार भएको साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण हात पारेको हाे ।

पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यो सँगै नेपालले   २७   स्वर्ण  पदक जितेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata