चीन सरकार ट्वीटर माथी कडाई गर्दै

आइतवार, मंसिर २, २०७५



चीन । चीन सरकारले निकट भविष्यमा ट्वीटर माथी नियन्त्रण कस्ने तयारी गरिरहेको जनाइएको छ । ट्वीटरको माध्यमबाट विदेशी मिडियालाई आफ्ना कुरा राखिरहेका अवस्थालाई नियन्त्रण गर्ने अभियान छिट्टै सुरु हुनेछ ।

पछिल्लो समय चीनको विरुद्ध वर्चुअल प्राइभेट नेटवर्क (विपीएन) सफ्टवयरको प्रयोग मार्फत चिनिया सुचना विदेशी साइट सम्म पुगिरहेको चीन सरकारको बुझाई छ । चीन सरकार यीनै साइट मार्फत राजनैतिक गतिबिधी आफ्नो विरुद्धमा हुन सक्ने सोच्न बाध्य भएको छ ।

चीनीया युवा र ट्वीटर प्रयोग कर्ताले बताए अनुसार चीनिया प्रहरी उनीहरुको ट्वीट हटाउने दबाब दिदैं आइरहेका छन् । केही मामिलामा चिनियाँ अधिकारीहरु आफैं एकाउन्ट डिलिट गरिरहेका छन् ।

गोपनियताको हवाला दिदैं मानव अधिकार साइट चाइना चेजका संस्थापक याक्स काओले प्रहरीकाे कडाईलाई आवाजको हत्या भनेका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरले यसबारेमा टीप्पणी गर्न इन्कार गरेको छ । राष्ट्रपति सिको नेतृत्वले चीनमा सोसल मिडियालाई नियन्त्रणमा राख्ने नीति लिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata