कोरोना भाइरसको त्रास: ट्वाइलेट पेपरलाई लिएर अस्ट्रेलियामा कुटाकुट

आइतवार, फाल्गुन २५, २०७६



एजेन्सी । अस्ट्रेलियामा ट्वाइलेट पेपरकाे  खरिद  गर्ने निहुँमा कुटाकुट हुन   पुगेकाे छ।  ट्वाइलेट पेपरकाे कारण महिलाहरुबीच भएकाे  झगडाको एक भिडियो सोसल मिडियामा  भाइरल भइरहेको छ।

सिड्नीको एउटा मलमा ट्वाइलेट पेपरकाे विषयमा महिलाहरु ट्वाइलेट पेपरले भरिएको ट्रलीमा लडाई गर्न सुरु गरेको भिडियोमा देख्न सकिन्छ ।  कोरोना भाइरसको बढ्दो घटनाहरूको बीचमा, मानिसहरू यसको सङ्क्रमणबाट बच्न पहिलेभन्दा बढी सरसफाइको हेरचाह गरिरहेका छन्। यसका लागि ठुलो सङ्ख्यामा हात धुने सेनिटाइजर र ट्वाइलेट पेपरहरू खरिद गरिरहेका छन।

ट्वाइलेट पेपर  र हात धुने सेनिटाइजरकाे ठुलो मात्रामा खरिदको कारण बजारमा अभाव देखा परेकाे छ ।  जसका कारण मानिसहरूले समस्या भोग्नु परेको छ।  ट्वाइलेट पेपरका लागि  भिडियोमा, एउटा मलकाे पसलमा, तीन महिलाहरू शौचालय कागजमा झगडा गरिरहेको देखिन्छ। झगडाको गुनासो प्राप्त भएपछि प्रहरीले उनीहरूकाे  सामान  जफत  गरेको छ।  यसपछि सरकारले प्रति व्यक्ति एक प्याकेट भन्दा बढी  ट्वाइलेट पेपर  किन्न प्रतिबन्ध लगाएको छ। उक्त झगडाको सन्दर्भमा न्यु साउथ वेल्स प्रहरीले भने कि २३ वर्षीय र ६० वर्षीया दुई महिलालाई एक सुपर मार्केटमा झगडा गरेको आरोपमा अदालतमा हाजिर हुन सुचना जारी गरिएको छ। ती दुई महिलाहरु  अप्रिल २८  भित्रमा  स्थानीय अदालतमा हाजिर हुन निर्देशन जारी गरिएको छ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments