ट्विटरद्वारा ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौं ।  सामाजिक सञ्जाल ट्विटरले आफ्नो लगभग ३३ करोड़ प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । आन्तरिक जाँच पछि ट्विटरले भनेको छ अहिलेसम्म पासवर्ड चोरी भएको छैन र साथै त्यसको गलत प्रयोग पनि भएको छैन । तर सावधानी अपनाएर पासवर्ड परिवर्तन गर्न सबै प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।

तर यसबाट कति पासवर्ड प्रभावित भए भन्ने कुरा कम्पनीले अहिले सम्म बताएको छैन । रोयटर्ससंग कुरा गर्दै साइटले भनेको छ कि गल्ति केही हप्ता अघिमात्रै थाहा भएको थियो । ट्विटरका चीफ़ एक़्जीक्यूटिव ज्याक डोर्सेले ट्वीट गरेका थिए ।

jack

एक सानो प्राविधिक गल्तीका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कंप्यूटर सिस्टममा स्टोर भएको थियो । ट्विटरले एक ब्लग पोस्ट गर्दै भनेको छ कि, ‘हामी यस्तो घटना घटेकोमा खेद प्रकट गछौं ।’

प्रयोगकर्तालाई  ट्विटरले आफ्नो एकाउन्ट ह्याक हुनबाट बचाउन दुई स्तरीय प्रमाणिकताको पालना गर्न सल्लाह दिएको छ ।

tweter 1

बीबीसी

139 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank