शाश्वत धाम दर्शन गर्नेको संख्या २५ लाख पुग्यो

बिहिबार, बैशाख ५, २०७६



काठमाडौं । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए।

चौधरी ग्रुपका अनुसार उनको परिवारजनसहित अन्य १० आगन्तुकलाई शाश्वत धाम व्यवस्थापनले फूलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो। यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफूहरुलाई लोभ्याएको र बुद्धिस्ट सेन्टरबाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताइन्।

शाश्वत धाममा २५  लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो। यहाँको वातावरण, सरसफाइ , बगैंचाले आफूलाई लोभ्याएको टिकाराम बस्यालले बताए।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकाम्बरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो। चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले राति यो मन्दिर पानीमा अडिएको भान हुन्छ। एकाम्बरेश्वरमन्दिरभित्र ठूलो शिवलिंग रहेको छ। पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवीदेवताका प्रतिमाहरु एकाम्बरेश्वर मन्दिरसँगै रहेका छन्। यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ।

नया बर्षका अबसरमा यहाँ पुजाआजा गर्नेको भिड लागेको थियो। हिन्दू धर्मका मुख्यमुख्य देवीदेउताको एउटै थलोमादर्शन गर्न पाइने यो मन्दिरको फरक विशेषता रहेको छ। भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पाँच दर्जन बढि कालिगढलाई १४ वर्ष समय लागेको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह क्षेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ। त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन्। कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ।

मन्दिर परिसरमा बैदिक कर्मकाण्ड गुरुकुल पनि संचालनमा छ। यहाँ ७२ विद्यार्थीले निशुल्क संस्कृत अध्ययन गर्दै आएका छन्। यहाँ  आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ। जहाँ  बुद्ध धर्मसम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank