टर्कीविरुद्ध लगाइएको अमेरिकी नाकाबन्दी फुकुवा

बिहिबार, कार्तिक ७, २०७६



एजेन्सी । टर्कीविरुद्ध ९ दिन अघि लगाइएको नाकाबन्दी फिर्ता गरिएको घोषणा अमेरिकाले गरेको छ । ट्रम्पले बुधबार ह्वाइटहाउसबाट टेलिभिजन सम्बोधन गर्दै उक्त घोषण गरेका हुन् ।

टर्कीले उत्तरी सिरियामा रहेका कुर्दमाथि आक्रमण गरेपछि अमेरिकाले नाकाबन्दीको घोषणा गरेको थियो ।  सिरिया क्षेत्रमा युद्धविरामबारे रसिया र टर्कीबीच सहमति भएको एक दिनपछि अमेरिकाले नाकाबन्दी फिर्ताको घोषणा गरेको हो । सिरियाबाट अमेरिकाले आफ्ना सेना फिर्ता गरेपछि टर्कीले कुर्दमाथि आक्रमण गरेको हो । त्यसपछि अमेरिकामा पनि ट्रम्पको आलोचना भएको छ ।

आफूहरुलाई असर गर्ने खालका कुनै घटना नभएसम्मको लागि नाकाबन्दी फुकुवा गरिएको ट्रम्पले उल्लेख गरेक छन् ।  युद्धविराम विस्तारको बारेमा रसिया र टर्कीबीच भएको सहमतिको उनले स्वागत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments