राष्ट्रपति पत्नीको ‘ब्याग’ले टर्कीमा हङ्गामा

बिहिबार, असार १९, २०७६



एजेन्सी । टर्कीको प्रथम महिला एमिनी एद्रोगनको ‘शाही सोख’ले टर्की राजनीतिमा हङ्गामा निम्तिएको छ । टर्कीका राष्ट्रपति रेसेप एद्रोगनको साथ जापान यात्रामा निस्किएकी एमीनी एद्रोगनको ‘ह्याण्ड ब्याग’ले राष्ट्रपति रेसेप नयाँ तनावको सामना गर्दैछन ।

पत्नी एमिनीले बोकेको ५० हजार डलरको ह्याण्ड ब्यागलाई लिएर सामाजिक सञ्जालमा राष्ट्रपति र उनको पत्नीको चर्को आलोचना भइरहेको छ ।

देशमा चर्को मुद्रा संकट भएको समयमा टर्कीको ११ परिवारले वार्षिक रुपमा गर्ने आम्दानी बराबरको ह्याण्ड ब्याग बोक्ने राष्ट्रपति पत्नीको सोखले सामाजिक सञ्जाल नराम्रोसँग तातेको छ ।

विगत लामो समयदेखि अनेकौ घटनामा राष्ट्रपति पत्नीको सोखले चर्चा बटुल्ने गर्दै आइरहेको छ । पछिल्लो घटनाले राष्ट्रपति पत्नीको जीवनशैली अत्यन्त महँगो, भड्किलो र उत्ताउलो रहेको भन्दै टर्कीका जनताहरुले सामाजिक सञ्जालमा हङ्गामा मच्चाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank