संसारकै सुन्दर र ठुलो एयरपोर्ट टर्कीमा !

बुधबार, कार्तिक १४, २०७५



स्तानबुल । टर्कीको राजधानी स्तानबुलमा संसारकै ठुलो एयरपोर्ट बनाइएको छ। राष्ट्रपती रेसेप तईप एर्दोगानले २९ अक्टोवरमा उक्त एयरपोर्ट उद्धघाटन गरेका हुन । १९ हजार एकड क्षेत्रफलमा फैलिएको उक्त एयरपोर्टको बार्षिक क्षमता ९ करोड यात्रीको रहेको जनाईएको छ ।

३५० भन्दा बढी स्थानबाट उडान भर्न सक्ने उक्त विमानस्थलमा २५० विमानले एकै पटक उडान भर्न सक्दछ । विमानस्थल अत्यन्त आधुनिक तरिकाले बनाईएको छ । यसमा जडान गरिएको सबै प्रबिधी अत्याधुनिक रहेको छ । विमान स्थलमा आर्टिफिशियल इन्टेलिजेन्सबाट सहयोग र सुबिधा दिइने छ । १० साल समय लगाएर निर्माण सम्पन्न गरिइएको उक्त विमानस्थल विश्व कै सुन्दर र भब्य मानिएको छ ।

turkey

विमानस्थल बन्ने समयमा अनेकैं बिबादमा घेरिएको थियो । निर्माणको समय ३० कामदारले जीवन गुमाउदा झनै बिबादमा घेरिएको थियो । असंख्य बिबाद र आपत झेलेर सम्पन्न गरिएको उक्त विमानस्थल टर्कीको शान बन्ने करीब निस्चित भएको छ । विमानस्थल एटीसी ट्यूलिप डिजाइनमा तैयार गरिएको छ । यसको नाम न्यू स्तानबुल राखिएको छ । विमानस्थल उद्धघाटनमा १८ देशका ५० नेता सहभागी भएका थिए ।

tr

यस विमानस्थलको निर्माण गर्न ३५ हजार भन्दा बढी कर्मचारी र तीन हजार इन्जिनियरको योगदान रहेको थियो । विश्वकै सुन्दर , भब्य , अत्याधुनिक र ठुलो एयरपोर्टको प्रयोग २९ डिसेम्वरमा गरिने भएको छ । एक अनुमान अनुसार सन २०२८ पछी २० करोड मानिसले यस विमानस्थलबाट यात्रा गर्नेछन ।

बर्तमान समयमा संसारको ब्यस्त एटलान्टा एयरपोर्टबाट करीब १० करोड यात्रुले यात्रा गर्दै आइरहेका छन ।

163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank