हाई केक ! उफ ! केक !

बिहिबार, फाल्गुन २४, २०७४



तुल्सी बस्नेत

केक तिमी मैंदाको भए पनि
रैछौं काईदाको
काटेर मुख मिठाउनु त छदै छ
तर कतै घाटा कतै फाईदाको ?
ए केक त एक तर..
तलाई खाए पछी बोली अनेक
बोल्नेले लोलीमा बोली मिलाए
बुरूक्कै उफ्रेर बोल्नेले
शिर झुकाए
जे जे देखाए
केकले देखाए

बेकरीमा तिम्रो सम्मान छ
चिया पसलमा तिम्रै चर्चा छ
भट्टी पसलमा हल्ली खल्ली छ
कविले केक कै कबिता लेख्दै छ
नेताले तिम्रै नाम जब्दैछ
गायकले केक भाईरल गीत गाउँदैछ
हाई केक ! उफ ! केक !
केक तिमी एक
तर तिमीलाई चाखे पछीको
स्वरूप अनेक
जय केक ।

तुल्सी बस्नेतको फेसबुकबाट

240 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank